2 years ago
April 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानका रोनिशा गौतम र कृपा गौतमले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला जुनियर २४ केजीमुनि फाइनलमा रोनिशाले डेनेबकी युनिशा राईलाई पराजित गरिन् ।
जुनियर महिला २२ केजीमुनि फाइनलमा कृपाले ढल्कुकी रिम्फु तामाङलाई हराइन् । जुनियर महिला ३४ केजीमुनि लैनचौरकी कृजला श्रेष्ठ, ३१ केजीमुनि ढल्कुकी योङचेन लामा र २८ केजीमुनि ढल्कुकी जोबियाना तामाङ पहिलो भए ।
जुनियर पुरुष ५४ केजीमुनि आयोजकका निश्चल धोली, ४९ केजीमुनि आयोजकका करण धोली, ४६ केजीमुनि आयोजकका कैलाश थापा, ४३ केजीमुनि ढल्कुका रोजन लामा, ३८ केजीमुनि युन्सुबका सुजन ग्लान, १८ केजीमुनि चुनदेवीका शिरीश मगर र १५ केजीमुनि आयोजकका आदित्या माझीले स्वर्ण जिते ।
प्रतियोगिताको नेता मुस्कान पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा तेक्वान्दोमा प्रतिभावन खेलाडी उत्पादनमा योगदान पु¥याएवापत आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलाई नगद ५१ हजारसहित नेता मुस्कानले सम्मान गरेका थिए ।
प्रतियोगितामा १ सय ८० खेलाडीले विभिनन २३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]