2 years ago
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ ।
जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । प्रशिक्षकमा आईटीटीएफ लेभल २ सर्टिफाइड टेबलटेनिस प्रशिक्षक ज्याकी महर्जन छन् ।
प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।
प्रतियोगितापछि जुनियर खेलाडीले दक्षिण कोरियामै ३ महिने प्रशिक्षणमा सहभागी हुने छन् । टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]