default_image

2 years ago

April 9, 2023

गणेशमान सिंह राष्ट्रिय बक्सिङमा बागमती र एपीएफ च्याम्पियन

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा शनिबार भएको प्रतियोगिताको अन्तिम दिन बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो ।

६ स्पर्धा समावेश पुरुषतर्फ एपीएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान १–१ स्वर्ण जिते । बागमती रजतका आधारमा पहिलो भएको हो ।

एपीएफले स्वर्ण बाहेक २ रजत र १ कांस्य जितेको थियो । महिलामा पनि ६ वटै स्पर्धामा भिडन्त भएकोमा एपीएफले ३ स्वर्ण, १ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी चुम्यो । बागमतीले २ स्वर्ण तथा प्रहरीले १ स्वर्ण हात पारे ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित भए ।

महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रचेकी अन्जनी तेली उत्कृष्ट खेलाडी चुनिइन् । बागमतीकाद्वयले उत्कृष्ट भएवापत समान २५–२५ हजार नगद पुरस्कार पाए । रविन र अन्जनी आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् ।

प्रतियोगिताको अन्तिम दिन १२ वटै स्वर्णको छिनोफानो भएकोमा पुरुष ५१ केजी तौलसमूह फाइनलमा रविन थापाले फाइनलमा एपीएफका आश तामाङलाई पराजित गरे । ५७ केजीमा कोशीका सुरेन्द्र राई पहिलो भए । उनले फाइनलमा बागमतीका शुलभ मालीलाई हराए ।

६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा पहिलो भए । उनले फाइनलमा एपीएफका सोनाम सार्कीलाई पाखा लगाए । ७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थानमा रहे । ८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मारे । उनले फाइनलमा बागमतीका मनोज तामाङको चुनौती पन्छाए ।

९२ केजी फाइनलमा एपीएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउदै स्वर्ण चुमे । महिला ५० केजीमा एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास कायम गरेकी बागमतीकी सुष्मा तामाङ पहिलो भइन् । सुष्माले फाइनलमा मधेश प्रदेशकी अस्मिता दुवाललाई निराश पारिन् । ५४ केजीमा बागमतीकी एन्जनी तेलीले फाइनलमा एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै पहिलो बनिन् ।

५७ केजीमा प्रहरीकी निशा तामाङले स्वर्ण जित्न बागमतीकी पेमा शेर्पालाई पाखा लगाइन् । ६० केजीमा एपीएफकी संगिता सुनुवारले पहिलो स्थान कब्जा गरिन् । संगिताले फाइनलमा बागमतीकी हेमा राईलाई पाखा लगाइन् ।

महिला ६६ केजीमा एपीएफकी विनिता थापा मगर तथा ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले पहिलो स्थान हात पारे । विनिताले बागमतीकी निश्मा गुरुङ तथा सरस्वतीले कोशीकी त्रिशा जबेगुलाई फाइनलमा पन्छाए । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७.५–७.५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक गणेशमान सिंह स्पोर्ट्स समितिका संयोजक सन्जिव तुलाधर, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भएको पाँचदिने प्रतियोगितामा पुरुष÷महिलामा समान ५४–५४ गरी १ सय ८ खेलाडीले सहभागिता जनाएको आयोजक समितिका सदस्य राजन खत्रीले जनाएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.