default_image

2 years ago

April 7, 2023

सुदूरपश्चिम र पुलिस विजयी

286 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो ।

सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गरे । कोशीका बिसु घिमिरेले एक गोल फर्काए । महेश नेपाली नै खेलको म्यान अफ द म्याच भए ।

त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । पुलिसका रोहित लामाले दुई तथा सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान एक गोल गरे । भरत खत्री म्यान अफ द म्याच भए ।

समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बी’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोशीको समान १ अंक छ । शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.