2 years ago
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका सोनाम सार्की र नेपाल प्रहरीका भुपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३.५ केजी तौलसमूहमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।
पुरुष ५१ केजीमा बागमतीका रविन थापाले मधेश प्रदेशका लक्ष्मण राई तथा एपीएफका आश तामाङले कोशी प्रदेशका फुङलाङ काम्वाङलाई हराउदै फाइनलमा पुगे ।
पुरुष ५७ केजीमा बागमतीका शुलभ मालीले प्रहरीका शम्भु राजवंशी र कोशीका सुरेन्द्र राईले सुदूरपश्चिमका रामबहादुर थापालाई पन्छ्याउदै फाइनल भेट पक्का गरे ।
पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले बागमतीका दावा छिरिङ लामा तथा कोशीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पाखा लगाउदै फाइनलमा स्थान बनाए ।
पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावल र बागमतीका मनोज तामाङ स्वर्णका लागि भिड्ने भएका छन् । हेमराजले एपीएफका प्रयत्न लामा तथा मनोजले कर्णालीका दर्शन घर्ती मगरलाई निराश पारे ।
पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ तथा बागमतीका उमङ महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।
महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेशकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टी, ५४ केजीमा बागमतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपीएफकी सन्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ तथा ५७ केजीमा प्रहरीकी निशा तामाङले एपीएफकी सर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
महिला ६० केजीमा बागमतीकी हेमा राईले कर्णालीकी मनीषा खरु र एपीएफकी संगिता सुनुवारले लुम्बिनीकी सुजनकुमारी कुमाल फाइनलमा प्रवेश गरिन् ।
६६ केजीमा एपीएफकी विनिता थापा मगरले गण्डकीकी जोशिका श्रेष्ठ र बागमतीकी निश्मा गुरुङले सुदूरपश्चिमकी सपना ऐडी तथा ७५ केजीमा कोशीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपीएफकी सरस्वती राना मगरले कर्णालीकी राधा विकलाई पन्छ्याउदै फाइनलमा पुगे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]