2 years ago
April 7, 2023
हिमाल खरेल, बिर्तामोड
राजन सुवेदी झापा जिल्लास्तरीय खुला तथा आमन्त्रित रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । झापाको काँकरभिट्टामा तीन दिनसम्म भएको प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसँगै राजनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
मोरङ र सुनसरीका खेलाडीलाई समेत सहभागिता गराइएको प्रतियोगितामा प्रकाशचन्द्र नेपाल दोस्रो भए । विकास मैनाली तेस्रो र रिसोन थापा चौथो भए । प्रकाशलाई १५ हजार, विकासलाई १३ हजार र रिसोनेलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगिताका पाँचौँ हिमाल राईलले ७ हजार ५ सय, छैटौँ विश्वविजय घिमिरेले ६ हजार, सातौँ विक्रम राईले ५ हजार, आठौँ राज लिम्बूले ४ हजार तथा नवौँ बलबहादुर तामाङ र दशौँ उमेश राईले समान ३ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत अनरेटेड, भेट्रान्स, मेचीनगर, महिला र पुरुष विधामा प्रथम हुनेलाई समान ३ हजार रुपैयाँ प्रदान गरिएको प्रतियोगिता निर्देशक भरत गुरुङले जानकारी दिए ।
प्रतियोगिताको आयोजना रोटरी क्लब अफ मेचीनगर, नाइट चेस क्लब र मेची युमा चेस एकाडेमीले संयुक्त रुपमा गरेको हो । प्रतियोगितामा झापाका विभिन्न पालिका, मोरङ र सुनसरीबाट १२ वर्षदेखि ७२ वर्षसम्मका ३६ जना खेलाडीले सहभागिता जनाएका थिए ।
विजेतालाई मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल बुद्धिचाल संघ कोशी प्रदेश अध्यक्ष सुरेन्द्र राई, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश वस्ती, निवर्तमान अध्यक्ष किशोर (कपिल) क्षेत्री, नाइट चेस क्लब मेचीनगरका अध्यक्ष राजु कार्कीलगायतले पुरस्कार वितरण गरे ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]