2 years ago
April 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्ती मगरले इन्ज्युरी समयमा गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र हिमालयन शेर्पा क्लबसँग हारबाट जोगिएको छ । विहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल १-१ को बराबरीमा सकिएको हो ।
भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले डेब्यु गरेको खेलमा मच्छिन्द्रले गोल गर्न सकेनन् । नाइजेरियन फरवार्ड ओलावाले अफिजसँगै अभिषेक गुरुङ आक्रमणमा खेल्दा विमल घर्ती मगर मिडफिल्डमा खेलेका थिए । तर शेर्पाको डिफेन्सले एकपछि अर्को आक्रमण रोक्दै अन्तिम समयमा सत्यम शर्माको पेनाल्टीमा अग्रता लियो । विमलले इन्ज्युरी समयमा गोल गर्दै हारबाट जोगाए ।
२८ औं मिनेटमा विमलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक किशोर गिरिली डाइभ दिंदै बचाए । ३९ औं मिनेटमा चेन्चो ग्याल्सेनको पासमा ओलावाले आफिजको प्रहारमा किशोर नै बाधक बने । शेर्पाले भने पहिलो हाफमा डरलाग्दो आक्रमण बुन्न सकेको थिएन ।
७४ औं मिनेटमा सौरभ सुब्बाले पेनाल्टी क्षेत्र भित्र पाएको अवसर सदुपयोग गर्न सकेनन् । चेन्चोले दिएको कटब्याकमा डिफेन्स लाइन बिट भएपनि सौरभले ६ यार्ड बक्सनजिक सट लिन धेरै समय लगाएपछि उनको अन्तिम प्रहार डिफेन्डरले ब्लक गरे । लगत्तै कर्नरमा देवेन्द्र तामाङको हेडर भुँइमा लाग्दै पोस्ट माथिबाट गयो ।
८५ औं मिनेटमा शेर्पाले पेनाल्टीको अवसर पायो । पेनाल्टी क्षेत्रभित्र निशान लिम्बुले फ्लिक गर्ने प्रयास गरेको बल छिरिङ गुरुङको हातमा लागेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी दिए । पेनाल्टीमा सत्यम शर्माले गोलरक्षक विशाल श्रेष्ठलाई गलत दिशामा पठाउँदै अग्रता दिलाए ।
८९ औं मिनेटमा मच्छिन्द्रको बराबरी गर्ने प्रयासमा संजित राई बाधक बने । विजय भुजेलसँग गोलरक्षक किशोर गिरि पेनाल्टी क्षेत्र बाहिर ५०/५० बलमा जुधेपछि विजयले बल जित्दै पेनाल्टी क्षेत्र भित्र पुगे । उनको पहिलो सटलाई डिफेन्डर संजितले गोलतर्फ जानबाट रोक्दै अग्रता कायम राखे ।
इन्ज्युरी समयमा विमलले गोल गरे । छिरिङ गुरुङको क्रसमा शेर्पाको डिफेन्स र गोलरक्षक बिच तालमेल नमिल्दा विमलले रिबाउन्डलाई गोलमा परिणत गरे ।
यससँगै मच्छिन्द्र र शेर्पा दुवैको ६ खेलमा ६ अंक भएको छ । दुवै टोलीले १ जित, ३ बराबरी र २ हारको नतिजा निकालेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]