2 years ago
April 5, 2023
काठमाडौं । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।
गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको फाइनलको पहिलो सेटमा एपिएफ २५–१७ ले सहजै विजयी हुन सफल भयो ।
दोस्रो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकालेको एपिएफले रोमाञ्चक र प्रतिस्पधात्मक बनेको तेस्रो सेट २६–२८ ले गुमाउन पुगेको थियो । चौथो सेटमा भने एपिएफ २५–२२ ले विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।
च्याम्पियनसिप बनेसँगै एपिएफले २ लाख ५० हजार, कप र मेडल प्राप्त गरेको छ । दोस्रो भएको गण्डकीले १ लाख २५ हजार, कप र मेडल प्राप्त गरेको छ ।
बुधबारै आर्मीलाई २५–२७, २५–२०, २५–२० र २५–१७ ले पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको पुलिसले ६५ हजार, कप र मेडल हात पारेको छ ।
एपिएफका स्पाइकर विजय थापा सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । गण्डकीका कप्तान हरि पाण्डे स्पाइकर, देवु राना ब्लकर र कुन्जन शाही उत्कृष्ट लिवेरो घोषित भए ।
एपिएफका लोकेन्द्र गिरी सेटर, सुनिल घर्ती मगर सर्भर र महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई आयोजक ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्याललगायतले पुरस्कृत गरे ।
१४ चैतबाट शुरु भएको च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]