2 years ago
April 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशका लक्ष्मण राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरे ।
सोही स्पर्धामा बागमती प्रदेशका रविन थापाले लुम्बिनी प्रदेशका भरत पुन मगर, नेपाल एपीएफ क्लबका आश तामाङले सुदूरपश्चिम प्रदेशका चिरन्जिवी खड्का तथा कोशी प्रदेशका फुङलाङ काम्वाङले गण्डकी प्रदेशका रुकी गुरुङलाई हराए ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष ६३ केजीमा कोशीका बलबहादुर पुनले लुम्बिनीका नेत्रबहादुर थापालाई पाखा लगाए ।
पुरुष ६१ केजीमा मधेशका शशि शाक्यले कर्णाली प्रदेशका देवेन्द्र थापालाई पन्छाए । प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा भारतको नयाँ दिल्लीमा भएको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर इतिहास रचेकी अन्जनी तेलीलाई सम्मान गरिएको थियो । प्रतियोगितामा सात प्रदेश, प्रहरी र एपीएफबाट १ सय ८ खेलाडी सहभागी छन् ।
पुरुष-महिलामा समान ६–६ स्पर्धामा समावेश छन् । हरेक स्पर्धाका विजेताले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले ७.५÷७.५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष-महिला खेलाडीलाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]