2 years ago
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – परदेशी हातेमालो युएईंले दोस्रो एनआरएनए कप भलिवल प्रतियोगिता २०२३ को उपाधि हात पारेको छ ।
अलकुज बलेदिया मैदान दुवईमा आइतबार भएको एक दिने प्रतियोगितामा तनहुँ सेवा समाजलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
परदेशीले नेपाली राष्ट्रिय टोलीका कप्तान इम राना, विशाल विकसँगै सफल विक र जीवन सुनारलाई टोलीमा उतारेको थियो । यता, तनहुँ सेवा समाजले गण्डकी प्रदेशका धनश्याम चौधरी र हिमाल सुनारी मगरलाई टोलीमा उतारेको थियो ।
च्याम्पियन बनेको परदेशी हातेमालोले उपाधिसँगै ७ हजार ७ सय ७७ दिरामसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको तनहुँ सेवा समाजले ४ हजार ४ सय ४४ दिरामसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो भएको टोलीले २ हजार २ सय २२ दिराम पाएको छ ।
परदेशीका विशाल विक उत्कृष्ट स्पाइकर, इम राना उत्कृष्ट सेटर, सफल विक उत्कृष्ट सर्भर र मनु सुनार उत्कृष्ट प्रशिक्षक चुनिए । सेमिफाइनलसम्मको खेल बेट अफ थ्री र फाइनल खेल बेस्ट अफ फाइभको आधारमा भएको थियो । प्रतियोगितामा युएईंमा रहेका विभिन्न नेपालीहरुले आफ्नो टोली बनाएर प्रतिस्पर्धा गरेको थियो । १२ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरेको थियो ।
नेपालको राष्ट्रिय खेल भलिबल ‘खेल्न सके राष्ट्रको लगि नसके स्वास्थको लागि’ भन्ने मुख्य नाराका साथ गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले अप्रिल २ मा युएईमै पहिलोपटक ठूलो धनराशीको प्रतियोगिताको आयोजना गरेको हो ।
विजयी टोली तथा खेलाडीलाई गैरआवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष राज रेग्मी (राज), नरेन्द्र बहादुर भाट, सचिव प्रवीण गुरुङ, मध्यपुर्ब संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा युएईमा छरिएर रहेका नेपालीसँगै नेपालबाट त्यहाँ पुगेको खेलाडीसँगै युएईका खेलाडीहरुको उपस्थिति रहेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।