2 years ago
April 2, 2023
पोखरा (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलनतर्फको उपाधी पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फको भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् ।
२०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ किमी दौड, २० किमी साईक्लिङ र २.५ किमी दौडको दुरी ५९ मिनेट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनेट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् ।
पुरुषतर्फ नेपालका हिमाल टमाटाले ५९ मिनेट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे ।
महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनेट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनेट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।
बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डि.बि. नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाडीहरुलाई मेडल, पुष्प गुच्छा र प्रमाण पत्र वितरण गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]