2 years ago
April 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली काठमाडौंमा जारी छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा दोहोरो सफलता हात पार्दै एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा आइतबार गण्डकीले नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई २५–१८, २८–२६ र २५–१४ ले तथा दोस्रो खेलमा किङ्स क्लब काठमाडौंमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै एक खेल बाँकी छँदै समुह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो ।
पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट २५–२० ले जित्न सफल भयो । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले चौथो सेट २५–१८ ले जित्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । निर्णायक तथा अन्तिम सेटमा गण्डकीले १५–११ को जित निकाल्न सफ भयो ।
गण्डकीको दोहोरो जितले आर्मी पनि एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । अब यि दुई टोलीबीच सोमबार हुने खेलले समूह विजेताको निर्धारण गर्नेछ । यो समूहबाट किङ्स क्लब, हिमरश्मी, र गणतान्त्रिक बाहिरिएको छ ।
अर्काे खेलमा पुलिसले पहिलो खेलमा मणि मुकुन्द क्लबलाई २५–१३, २५–१७ र २५–७ ले तथा दोस्रो खेलमा न्युटन भलिबल एकेडेमीलाई २५–१२, २५–१९ र २५–१३ ले पराजित गर्यो । अर्काे खेलमा ढोरपाटनले मणि मुकुन्दलाई २५–१७, २५–१८, ३७–३९ र २५–१६ को सेटमा पराजित गर्न सफल भयो ।
च्याम्पियनसिपमा सोमबार समूह चरणका अन्तिम तीन खेलमा प्रतिस्पर्धा हुनेछ । यस खेलपछि सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्नेछ । च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फाइनल २२ चैतमा हुनेछ ।
च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ ।
व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षण ट्रेनिङ गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।