2 years ago
April 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दिल बहादुर कन्दङ्वा र विवेक कन्दङ्वाको जोडीले एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको उपाधि जितेको छ ।
ललितपुरको लगनखेलस्थित रिभाइभ लिजरपार्कको ब्याडमिन्टन हलमा शनिबार भएको एक दिने पुरुष डबल्समा विकास महर्जन र रत्न महर्जनको जोडीलाई २–१ को सेटमा पराजित गर्दै दिल र विवेकको जोडीले उपाधि जित्न सफल भएका हुन् ।
पहिलो सेट १७–२१ ले गुमाएको दिल र विवेकको जोडीले त्यसपछिको दुवै सेट २१–१९ र २१–१६ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । राम राई र प्रकाश राईको जोडी तथा रदिप महर्जन र दिपेन महर्जनको जोडी संयुक्त रुपमा तेस्रो भए ।
उपाधिससँगै दिल र विवेकको जोडीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र तेस्रो भएको जोडीले पनि ट्रफीसँगै , मेडल र प्रमाणपत्र पाएको छ । पहिलो, दोस्रो र तेस्रो हुने जोडीलाई योनेक्सले गिफ्ट ह्याम्पर पनि प्रदान गरेको छ ।
विजयी टोली तथा खेलाडीलाई पुर्व मन्त्री शेर बहादुर तामाङ, पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिन, ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जन लगायतले पुरस्कृत गरे ।
पाख्रिन तामाङ समाजको आयोजनामा भएको एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवमा विभिन्न १८ टोलीको सहभागिता रहेको थियो ।
समाजले आदिवासी जनजाति समुदायमा सुचिकृत जाति विशेष टिमको आधारमा प्रतियोगिता गराएको हो । एक टोलीमा रहने दुई खेलाडीको उमेर जोड्दा कम्तीमा ८० वर्ष पुगेको हुनुपर्ने मापदण्ड राखिएको थियो ।
सोही प्रतियोगिता दौरान समाजले नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरेको छ । उनलाई समाजका अध्यक्ष शुक्र पाख्रिनले सम्मानपत्र प्रदान गरे ।
सुष्माले थाइल्यान्डको बैंककमा गत माघमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिप अन्तरगता महिला ४५ देखि ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । सुष्मा फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग अंकका आधारमा ५–० ले पराजित हुँदै रजतमा सीमित बनेकी थिइन् ।
एसियालीस्तरमा कुनैपनि उमेर समूहमा नेपाली बक्सिङ खेलाडीले रजत जितेको त्यो पहिलोपटक हो । यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए । त्यसबेला सुष्माले पहिलो खेलमा भियतनाम र दोस्रो खेलमा मंगोलियाकी खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । उज्वेकिस्तानकी फोजिलोभा एसियन च्याम्पियन हुन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]