2 years ago
April 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई पाख्रिन तामाङ समाजले सम्मान गरेको छ ।
पाख्रिन तामाङ समाजले शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको दौरान उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेका हुन् । उनलाई पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिनले सम्मानपत्र प्रदान गरे ।
सुष्माले थाइल्यान्डको बैंककमा गत माघमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । महिला ४५ देखि ४८ केजी तौल समूहमा सुष्मा फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग अंकका आधारमा ५–० ले पराजित हुँदै रजतमा सीमित बनेकी थिइन् ।
एसियालीस्तरमा कुनैपनि उमेर समूहमा नेपाली बक्सिङ खेलाडीले रजत जितेको त्यो पहिलोपटक हो । यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए ।
त्यसबेला सुष्माले पहिलो खेलमा भियतनाम र दोस्रो खेलमा मंगोलियाकी खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । उज्वेकिस्तानकी फोजिलोभा एसियन च्याम्पियन हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]