2 years ago
April 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद सामान्य क्षेत्र नभएको बताएका छन् ।
राखेपद्वारा शनिबार लाजिम्पाटमा आयोजित खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खेल क्षेत्र राष्ट्रिय एकतालाई सुदृढ गर्ने क्षेत्र रहेको बताए ।
‘खेलकुद सामाजिक अनुशासन र सद्भावलाई सुदृढ गर्ने क्षेत्र हो । अन्तर्राष्ट्रिय भाइचारामार्फत मानव जातीलाई नै एउटा हार्मोनीतर्फ लैजाने क्षेत्र पनि हो । खेलकुद सामान्य क्षेत्र होइन । अहिले त खेलकुद आर्थिक, राजनितिक, कुटनितीकलगायत हरेक दृष्टिकोणले पनि खेल क्षेत्रको महत्व गुणात्मक ढंगले बढ्न गएको छ । मलाई यो कुराको गहिरो हेक्का छ । खेल क्षेत्रको राजनितिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के महत्व छ भन्ने कुरा मलाई राम्रो हेक्का छ ।’ प्रधानमन्त्री दाहालले भने ।
यस्तै प्रधानमन्त्री दाहालले खेल क्षेत्रमा केहि गरौं भन्ने भावना रहेको बताउदै कार्यक्रमबाट आएका निष्कर्षलाई हेरेर नीति, कार्यक्रम र बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
‘खेल क्षेत्रमा केहि गरौं भन्ने भावना छ । तर हाम्रा सीमाहरु छन् । बजेटका सीमा छन् । अर्थतान्त्रको सीमा छन् ।’ प्रधानमन्त्री दाहालले भने– ‘यति हुँदा हुँदै पनि आफ्नो पनि खेल क्षेत्रमा विशेष अभिरुची हुनका नाताले केहि गर्नु पर्छ भन्ने अठोट लिएको छु । कार्यक्रमबाट आएका निष्कर्षलाई हरेर मैले नीति, कार्यक्रम, बजेटमा व्यवस्था गर्ने विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले प्रत्येक विद्यालय र गाउँगाउँमा खेल इकाइ गठन गर्दै खेल मैदान बनाउने कुरालाई संस्थागत रुपमा लैजानलाई उच्च प्राथमिकता दिनु पर्नेमा जोड दिदै हिमालदेखि पहाड, तराई सबै तिर संरचना निर्माण गर्न सके नेपाल उत्कृष्ट खेलकुद हब हुन सक्ने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले खेल क्षेत्रमा बजेट बृद्धिको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘खेल क्षेत्रमा बजेट बृद्धिको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बजेट निर्माणको प्रकृया चलिरहेको छ । यस विषयमा यहाँ उठेका मर्म र भावनालाई सम्बोधन गर्ने गरी बजेट निर्माणमा मेरो निर्देशन हुनेछ ।’ प्रधानमन्त्री दाहालले भने ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद पूर्वाधार बनाउने विषयमा स्पष्ट हुन जरुरी रहेको बताउदै कर्मचारी हस्तान्तरणको विषयमा पनि गम्भीर हुनु पर्ने आवश्यक्ता औल्याए ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुदमा देखिएको नीतिगत र प्रशासनीक समस्याको हल हुन आवश्यक रहेको बताउदै बागमती प्रदेशले पूर्वाधारको समस्यालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारलाई प्राथमिकता दिने बताइन् ।
महानगरपालिका फोरमका अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राष्ट्रिय एकताका लागि, व्यक्तिगत स्वास्थ्यसंगसंगै सामाजिक स्वास्थ्यका लागि पनि खेलकुदलाई राज्यले प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ उपयुक्त खेल पूर्वाधार भएको अवस्थामा थुप्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने बताउदै खेलकुद पूर्वाधार निर्माणमा सबैको सहभागिता कसरी हुन सक्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
‘खेलकुद पूर्वाधार र खेलकुदको दायित्व सिंगो देशको हो । राज्यको हो । राज्यको हो भनेपछि त्यो नागरिकको पनि हो । खेलकुदको मुल उद्घमका रुपमा रहेको विद्यालयको पनि हो । विश्व विद्यालयहरुको हो । यसका आंगिक क्याम्पसहरुको पनि हो । सदस्य–सचिव घिसिङले भने– ‘यति मात्र होइन आम नागरिकलाई स्वास्थ राख्न हजारौं संख्यामा रोजगार दिन सक्ने औधोगिक क्षेत्रले पनि किन खेलस्थल नबनाउने । निजी क्षेत्रको पनि दायित्व हो । तीनै तहका सरकारको समान दायित्व हो । खेलकुद पूर्वाधार बनाउनका लागि र खेलकुदको विकासको नीति तयार गर्न यो संवादले सही निष्कर्ष निकाल्ने विश्वास छ ।’
सदस्य–सचिव घिसिङले कार्यक्रमबाट आएको निचोडलाई सफल बनाउन सबैको महत्वपूर्ण र सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।
राखेपका उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री र सचिव, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव, प्याब्सन र एन प्याब्सनका अध्यक्ष, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, जिल्ला समन्वय समिति महासंघका प्रतिनिधि, महानगरपालिका फोरम र गाउँपालिका महासंघका प्रतिनिधि, राखेपका सदस्यलगायतको उपस्थिति रहेको थियो । संवादको निचोड आइतबार सार्वजनिक गरिने छ ।
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]