2 years ago
April 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले १७औं एनएनआइपिए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको जनाएको छ ।
आयोजक एनएनआइपिएले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबार हुने अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
एनएनआइपिएले वर्ष २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुदा यसवर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई सम्मानित गर्ने जनाएको छ ।
विगत केही वर्षदेखि यो अवार्ड कार्यक्रम उपत्यकाको काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका विभिन्न ऐतिहासिक, सांस्कृितक सहरहरुमा आयोजना भइसकेकोमा यसपटक काठमाडौंको एलफ्ट होटेलमा हुने संघका महासचिव शिवसुन्दर गोथेले बताए ।
उनले यसपटक पनि अवार्ड ऐतिहासिक, सांस्कृितक सहरहरुमा आयोजना गर्ने तयारी गरिएपनि संघले प्रस्ताव लैजाने समयमा स्थानिय तह र त्यसपछि प्रतिनिधि सभाको निर्वाचन भएका कारण हुन नसकेको बताए ।
२७ खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । २७ उत्कृष्ट खेलाडीमध्येबाट एक जना पुरुष र एक जना महिला खेलाडीलाई सर्वाेत्कृष्ट खेलाडी घोषण गरि समान १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ ।
त्यस्तै एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ । एक जना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानसँगै ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट २५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिनेछ । एक जना पारा खेलाडीलाई वर्ष उत्कृष्ट पारा खेलाडी अवार्डसँगै १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसपटक फुटबल, एथलेटिक्स, ह्याण्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेवल टेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्नास्टिक, हक्की, पौडी, ट्रायथलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, ¥याफ्टिङ एण्ड क्यानोइङ, भलिबल, तेक्वान्दो र लन टेनिसबाट समान एक जना खेलाडी सम्मानित हुनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]