default_image

2 years ago

March 31, 2023

इतिहास रच्दै सद्भावले जिते सुर्य नेपाल च्यालेन्ज उपाधि

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १६ वर्षे युवा गल्फर सद्भाव आचार्यले इतिहास रच्दै सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।

सद्भावले अन्तिम दिन ४–अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३–अन्डर २ सय ६९ सहित उपाधि जितेका हुन् । उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिए ।

सद्भाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सुर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन् । १६ वर्ष १० महिनाका सदभावले नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबास तामाङको कीर्तिमान तोडेका हुन् ।

सुवासले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए । उनले सन २०१९ मा भुवनलाई नै हराउँदै सुर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अनुभवी गल्फर भुवन इभन–पार ६८ सहित समग्रमा १–अन्डर २ सय ६१ को नतिजामा दोस्रो भए । समग्रमा दोस्रो हुदा प्रोतर्फ भने उनी पहिलो भए । उनले नगद एक लाख प्राप्त गरे ।

तेस्रो दिनका लिडर रबि खड्काले ३–ओभर ७१ को खराब प्रदर्शन गरे । समग्रमा इभन–पार २ सय ७२ मा खेल सकाए । समग्रमा तेस्रो भएका उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार हात पारे ।

नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबास तामाङले अन्तिम दिन इभन–पार ६८ मा खेल सकाए । समग्रमा ३–ओभर २ सय ७५ को स्कोरमा चौथो भए । उनी एमरच्योरतर्फ दोस्रो भए।

३–ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५–ओभर २ सय ७७ मा प्रतियोगिता सकाए। समग्रमा पाँचौ भएका उनले प्रोमा भने तेस्रो हुदै ४६ हजार प्राप्त गरेका छन् ।

समग्रमा ८–ओभर २ सय ८० सहित भुवन कुमार रोक्का र धन बहादुर थापाले संयुक्तरुपमा छैटौ स्थान बाँडे । भुवनले ८–ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा धनले २–ओभर ७० मा अन्तिम १८ होलको खेल सकाए्। प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार हात पारे ।

भेट्रान गल्फर दीपक मगर र जय राम श्रेष्ठ समग्रमा १०–ओभर २ सय ८२ सहित संयुक्तरुपमा आठौं भए । दीपकले ४–ओभर ७२ र जय रामले २–ओभर ७० मा खेल सकाए । प्रो तर्फ छैटौ भएका दुवैले २८ हजार ५ सय प्राप्त गरे ।

समग्रमा ११–ओभर २ सय ८३ को नतिजामा सञ्जय लामा दशौं भए । उनले आज ३–ओभर ७१ मा खेल सकाए । प्रोतर्फ आठौं भएका उनलाई २४ हजार प्रदान गरियो ।

अन्तिम १८ होलको सुरूवात गर्दा तेस्रो दिनका लिडर रबि भन्दा चार स्ट्रोकले पछि परेका युवा गल्फर सदभावले परिपक्व खेल खेले । फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । दोस्रो, चौथो र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे ।

३–पारको तेस्रो होलमा एक सट खेर फाले । यसपछि दशौं होलमा बोगी खेपे । उनलाई डिफेन्डिङ च्याम्पियन भुवनले कडा चुनौती दिरहेका थिए । तर सदभावले बिना दबाब १३औं, १६औं र १७औं गोलमा बर्डी प्रहार गर्दा दिनको उत्कृष्ट स्कोर कार्डका साथ पहिलो पटक प्रो र एमरच्योर दुवैतर्फको उपाधि जिते ।

उपाधि जितेपछि खुशी बनेका सदभावले भारतको तरूण सरदेशाई एकेडेमीको प्रशिक्षण र अभिभावकको साथले यो सफलता प्राप्त गरेको बताए ।

भुवनले २–अन्डर ३२ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा पाँचौ होलमा बोगी खेपे । ब्याक नाइनमा लय गुमाएका उनले १०औं, १२औं,१४औं र १८औं होलमा एक–एक सट खेर फाले । ११औं र १३औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–ओभर ३६ मा सकाए ।

पहिलो र तेस्रो दिन शीषस्थानमा रहेका रबिले अन्तिम दिन खराब प्रदर्शन गरे । सुरूवात राम्रो गर्दै पहिलो दोस्रो र चौथों होलमा बर्डी प्रहार गरे । तर सातौ होलमा डबल बोगी खेपेपछि उनले लय गुमाए ।

लगतै आठौं र नवौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन १–ओभर ३५ मा पुरा गरे । यसपछि दशौं र १६औं होलमा एक–एक सट बचाए पनि १२औं र १५औं होलमा बोगी प्रहार मात्र गरेनन् । अन्तिम होलमा दिनको दोस्रो डबल बोगी खेपे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहिरी, पिजिए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कार वितरण गरे ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.