2 years ago
March 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) –सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआर) र रक्षा सम्वाददाताबीचको मैत्रिपूर्ण फुटबलमा सेनाको टिम विजयी भएको छ ।
भद्रकालीस्थित सैनिक मुख्यालयको मैदानमा बिहीबार भएको खेलमा डीपीआरको टिम २–० ले विजयी भएको हो । सेनाको जितमा सौगातसिंह राठौर र प्रकाश घिसिङले गोल गरे ।
पहिलो हाफमा राठौरको गोलबाट अग्रता बनाएको सेनाले दोस्रो हाफमा अर्को गोल थप्दै जित पक्का ग¥यो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २२औं स्थापना दिवस मैत्रीपुर्ण फुटबलसँगै विभिन्न कार्यक्रम गरी मनाइएको छ।
शुक्रबार जंगी अड्डामा विशेष कार्यक्रमकाबीच स्थापना सिदवश मनाउने तयारी रहेको सेनाले जनाएको छ । २०५८ साल चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]