2 years ago
March 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रबि खड्का पुनः शीर्षस्थानमा उक्लन सफल भएका छन् ।
बिहीबार १–अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३–अन्डर २ सय १ सहित रवि शीर्षस्थानमा उक्लिएका हुन् । पहिलो दिनका लिडर उनले साविक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारे।
१–अन्डर ६७ सहित समग्रमा १–अन्डर २०३ को स्कोरमा भुवन दोस्रो स्थानमा रहे । २–ओभर ७० मा तेस्रो दिनको खेल सकाएका भुवन कुमार रोक्का समग्रमा इभन–पार २ सय ४ सहित तेस्रो स्थानमा छन् ।
एमेच्योर खेलाडी सदभाव आचार्यले आज २–ओभर ७० मा खेल सकाए । समग्रमा १–ओभर २ सय ५ को नतिजामा चौंथो स्थानमा रहे । एमरच्योरतर्फ उनी शीर्षस्थानमा छन् । दिनेश प्रजापति समग्रमा २–ओभर २ सय ६ सहित पाँचौं स्थानमा रहे। उनले आज ३–ओभर ७१ मा खेल सकाए ।
नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबास तामाङले खराब प्रदर्शन गर्दै ४–ओभर ७२ मा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७ सहित छैटौं स्थानमा झरे । एमरच्योरतर्फ सुबाश सदभावभन्दा २ स्ट्रोकले पछि परेका छन् ।
समग्रमा ६–ओभर २ सय १० स्कोर जोडेका दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा सातौं स्थान बाँडे । दीपकले ७–ओभर ७५ र दोस्रो दिनका लिडर धनले ९–ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे। यसैगरी जयराम श्रेष्ठ (६७), सञ्जय लामा (७०), शिवराम पौडेल (७२) र एमरच्योर खेलाडी युवराज भुजेल (७२) संयुक्तरुपमा नवौं स्थानमा छन् । उनीहरूले समग्रमा ८–ओभर २ सय १२ स्कोर गरे ।
रबिले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । उनले पहिलो र चौंथो होलमा बर्डी प्रहार गर्दा आठौं र नवौं होलमा बोगीको सामना गरे । यसपछि १०औं, १३औं र १७औं होलमा एक–एक सट बचाए । तर ३–पारको १२औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
भुवनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे । सातौं र नवौं होलमा एक–एक सट खेर फाल्दै फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । ब्याक नाइन १–अन्डर ३३ मा पुरा गर्ने क्रममा १०औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गरे । यस्तै ११औं र १७औं होलमा एक–एक सट प्रहार गरे ।
भुवन कुमार रोक्काले पहिलो होलमा बर्डी प्रहार गर्दा नवौं होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि दशौं र पन्ध्रौं होलमा एक–एक सट खेर फाले भने १२औं र १६औं होलमा बर्डी प्रहार गरे । तर ४–पारको १८औं होलमा डबल बोगी खेप्दै ब्याक नाइन २–ओभर ३६ मा पुरा गरे ।
सदभावले पहिलो होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए। ब्याक नाइन भने नाटकीय बन्यो। ११औं होलमा एक सट खेर फाल्दा ५–पारको १३औं होलमा इगलको सफलता प्राप्त गरे । तर ३–पारको १५औं होलमा ट्रीपल बोगी खेपे। १७औं होलमा एक सट बचाए पनि १८औं होलमा बोगी प्रहार गरे ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछ । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]