default_image

2 years ago

March 30, 2023

ढोरपाटन भलिबलमा किङ्स क्लबको दोहोरो जित

319 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंले राजधानी काठमाडौंमा जारी छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा बिहीबार दोहोरो सफलता हात पारेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बिहीबार भएको खेलमा किङ्सले नेपाल गणतान्त्रिक खेलकुद महासंघमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दा हिम रश्मी स्कुलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै दोहोरो सफलता आत्मसात गरेको हो ।

पहिलो र दोस्रो सेट क्रमशः २४–२६ र १८–२५ ले गुमाएको किङ्सले त्यसपछिको तीनै सेट २५–१६, २५–२२ र २५–१२ ले जित्दै पूनरागमन जित दर्ता गर्न सफल भयो ।

हिम रश्मीमाथ भने किङ्सले २५–१८, २५–१९ र २५–१५ को सहज जित निकाल्न सफल भयो । अर्काे खेलमा न्युटन भलिबल एकेडेमीले सिन्धुपाल्चोक भलिबल संघलाई २५–२१, २५–१० र २५–१८ को जित निकाल्न सफल भयो । च्याम्पियनसिपमा शुक्रबार तीन खेल हुनेछ ।

च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फाइनल २२ चैतमा हुनेछ ।

च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षण ट्रेनिङ गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.