2 years ago
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहेका छन् ।
५–अन्डर ६३ को उत्कृष्ट कार्डमा रबिले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । ४–अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन् । भुवन नगरकोटी र दीपक थापा मगरले २–अन्डर ६६ मा संयुक्तरुपमा तेस्रो स्थान बाँडे । उनीहरू लिडर रबि भन्दा ३ स्ट्रोकले पछि रहेका छन् ।
१–अन्डर ६७ को स्कोरमा प्रोफेसनल भुवन कुमार रोक्का तथा एमरच्योरद्वय सुबाश तामाङ र सुरेश तामाङ संयुक्तरुपमा पाँचौ स्थानमा छन् । यसैगरी भेट्रान गल्फर रामे मगरले इभन–पार ६८ सहित आठौं स्थानमा पहिलो १८ होलको खेल सकाएका छन् ।
१–ओभर ६९ मा प्रोफेसनल खेलाडीहरु धन बहादुर थापा र शिवराम पौडेल तथा एमरच्योरद्वय युवराज भुजेल र सदभाव आचार्यले संयुक्तरुपमा नवौं स्थान बाँडे ।
रबिले सानदार सुरुवात गर्ने क्रममा पहिलो होलमा बर्डी प्रहार गरे भने ५–पारको चौथो होलमा इगलको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए । यसपछि १०औं, १७औं र १८औं होलमा एक–एक सट बचाउँदा १६औं होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा पुरा गरे । दिनेशले बोगीरहित कार्ड बनाए । चौथो र पाँचौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा पुरा गरे । यसपछि १०औं र १३औं होलमा पनि एक–एक सट बचाउँदै ब्याक नाइन पनि २–अन्डर ३२ मा सकाए ।
भुवनले तेस्रो होलको बोगीका विरूद्ध चौंथो र आठौं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १–अन्डर ३३ मा सकाए । यसपछि १०औं र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे । १७औं होलको बोगीले ब्याक नाइन पनि १–अन्डर ३३ मा पुरा गरे ।
दीपकले पनि फ्रन्ट नाइन र ब्याक नाइन दुवै १–अन्डर ३३ मा सकाए। उनले दोश्रो होलमा बर्डी प्रहार गरे र अन्य आठ होलमा पार बचाए। ब्याक नाईनमा उनले दोस्रो, १२औं र १३औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा बोगी खेपे ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी ७२ होलको प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको लागि स्थान बनाउनेछन् । प्रतियोगितामा २९ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्ने व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]