2 years ago
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । देशभरीका छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले कोर्षको उद्घाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि प्राविधिक जनशक्तिको नितान्त आवश्यकता रहेको कुरा औल्याउदै खेलाडीहरु तथा प्राविधिकहरुको स्तरबृद्धिका लागि यस्ता प्रशिक्षणहरु निरन्तर रुपमा आयोजना गर्नु पर्नेमा जोड दिए ।
उनले यस कोर्षबाट अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी भई निर्णायकको भूमिकामा सहभागिता भएको हेर्ने चाहना व्यक्त गरेका थिए । उक्त प्रशिक्षणलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आईटिओ) तथा केन्द्रीय सदस्य पुष्करराज पन्तले सन्चालन गर्ने छन् भने सहायक प्रशिक्षकमा केन्द्रीय महासचिव सविन भट्टाचार्य तथा आईवा टु स्टार रेफ्री जज धनकुमार मैनाली रहेका छन् ।
संघका अध्यक्ष राम अवालेले उद्घाटन शत्रको समापन गर्दै संघले यस खेलको विकासमा निरन्तर कटिबद्ध रहदै आएको तथा एक जुट भएर अघि बढदै अझ बढि सफलता हासिल गर्ने कुरामा आफु विश्वस्त रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले संघको उक्त कार्यको प्रशंशा गरे । उक्त कार्यक्रममा राखेप बोर्ड सदस्य अन्जन धमला, तालिम तथा प्र्रशिक्षण विभागका निर्देषक तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, केन्द्रीय उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य श्यामकाजी अवाले लगायतको उपस्थिति रहेको थियो ।
नेपाल बक्सिङ संघद्वारा आयोजित साताव्यापी कोर्षमा विभिन्न २६ जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सहभागी हुनु हुन्छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला, तालिम तथा प्रशिक्षण विभागका निर्देशक तथा बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]