2 years ago
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीको ‘बी’ टिमले एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१–१७ ले पराजित ग¥यो ।
उपाधि विजेता टोलीबाट रविन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए । आर्मी ‘ए’ बाट विनोद महर्जन, आयुश सिंह, निश्चल महर्जन र अमृत कोइरालाले प्रतिस्पर्धा गरेका थिए ।
विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे । नगद पुरस्कार अमेरिकामा बस्दै आएका चित्रकुमार बस्नेतले प्रायोजन गरेका हुन् । ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा विजेताका रविन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ब्रान्ड हाउसद्वारा प्रायोजित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप पाए ।
भनिमण्डल युवा क्लब ‘इमर्जिङ टिम’ चुनियो । भनिमण्डलले १० हजार नगद पुरस्कार पायो । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्लाटिनम क्लबका मिलन कार्की र आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रायोजकहरुमा प्लाटिनम क्लब, एलओडी, त्रिसरा, तामारिन्ड, द वर्कसप इटेरी, युनियन, डिएभी, ८८४८ बेस क्याम्प, काठमाण्डोग र ब्रान्डहाउस रहेका छन् ।
भैसेपाटीस्थित निर्भाना फिजियो थेरापी एन्ड वेल्नेस सेन्टर तथा लोकहित आरथ्राइटिस एन्ड ¥युमाटोलोजी सेन्टरको ‘मेडिकल सपोर्ट’ रहेको थियो ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]