2 years ago
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ ।
प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ ।
चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन १८ होलको खेल सञ्चालन हुनेछ । प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरि कुल ३८ खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउने छन् । नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राई भारतमा रहेका कारण प्रतियोगिता गुमाउनेछन् ।
रोयल नेपाल गल्फ क्लबको कोर्स राम्रो रहेका कारण यसपटक प्रतियोगितामा उच्च स्कोर हुने सम्भावना रहेको अध्यक्ष रविन्द्र मान श्रेष्ठले जानकारी दिए ।
५ लाख ४५ हजार पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६५ हजार, तेस्रो हुनेले ४६ हजार, चौथो हुनेले ३८ हजार तथा पाँचौं हुनेले ३४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै छैटौंले ३० हजार, सातौंले २७ हजार, आठौंले २४ हजार, नवौंले २२ हजार, १०औंले २० हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]