default_image

2 years ago

March 25, 2023

जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

148 views

0 Bookmark

बाँके (हाम्रो खेलकुद) – बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमा च्याम्पियन बनेका छन् । जंगु पुरुषतर्फ तथा रुपमा महिलामा च्याम्पियन बन्न सफल भएको हो ।

शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिक विधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।

त्यसैगरी देवबहादुर बोहोराले ५३ मिनेट २७ सेकेण्डमा पुरा गर्दै दोस्रो र शिवप्रसाद थारुले ५६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पुरा गरी तृतीय स्थान हासिल गरे ।

४.५ किलो मिटरको दुरी भएको ट्रेलमा महिला तर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा पार गर्दै रुपा थारु प्रथम हुँदा १ घण्टा १० सेकेण्डमा एसी श्रेष्ठ द्धीतीय स्थान तथा १ घण्टा २ मिनेट २ सेकेण्डमा पार गरी रिमा थारु तृतीय भए ।

लुम्बिनी प्रदेश स्तरीय खेलमा महिलातर्फ ६ जना र पुरुष १३ जना सहभागी थिए । बिजयी खेलाडीलाई बैजनाथ गाउँपालिका वडा १ का अध्यक्ष रुप बहादुर मल्ल लगाएत अतिथितिले पुरस्कृत गरे । यसअघि बैजनाथ पालिका प्रमुख प्रकाशबहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

साइक्लिङ खेललाई बढावा दिदैं, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको बाँके जिल्ला साइक्लिङ संघ स्थापनाकालको छोटो समयमा साइकिलिङ खेलका पूर्वाधार तयार गर्ने देखि खेलाडीहरुलाई प्रशिक्षित गर्ने र देशमा हुने विभिन्न प्रतियोगितामा पठाउने काम गर्दै आएको अध्यक्ष गगन थापाले बताए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.