default_image

2 years ago

March 22, 2023

गौरीगंगा गोल्डकप यसै महिना

112 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप यसै महिना आयाेजना हुने भएको छ ।

गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा तेस्रो गौरिगंगा गोल्डकप चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

गोल्डकपमा १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेतालाई ट्रफिसहित ४ लाख रुपैयाँ र उपविजेतालाई २ लाख पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ । प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

November 26, 2024

सिसन कर्णालीको युथ एम्बेसडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्सले सिसन बानियाँलाई युथ एम्बासिडरमा नियुक्त गरेको छ । सिसनलाई युथ एम्बेसडरमा नियुक्त गरेको कर्णालीले मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि कर्णालीले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो । नेपाली टोलीका अलराउन्डर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीका प्रशिक्षकमा […]

November 25, 2024

नेत्रहिन विश्व कप – नेपालको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]

November 24, 2024

ओमानका पूर्व कप्तान कर्णालीमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]

Success

Thank you for your time.