2 years ago
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् ।
५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद बहादुर सुनार दोस्रो भए ।
५ घन्टा ४४ मिनट २२ सेकेन्ड समयका साथ दुर्गाराज बुढा तेश्रो स्थानमा रहे । महिलातर्फ ७ घन्टा २ मिनेट ५६ सेकेन्डका अनिता राईले उपाधि जितिन् । ७ घन्टा ३७ मिनेट २२ सेकेन्ड समयमा साथ मञ्जु रावत दोस्रो तथा ७ घन्टा ४४ मिनेट ५८ सेकेन्ड समयका साथ रशिला तामाङ तेस्रो भइन् ।
उपाधिसँगै सुमन र अनिताले समान ७५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र हात पारे । दोस्रो भएकाले ४० हजार र तेस्रो भएकाले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास समितिको विशेष सहयोगमा भएको अल्ट्रा म्याराथनमामा पुरुषतर्फ अमेरिका र बेलयातका ४ सहित २२ जना र महिलातर्फ ५ जनाको सहभागिता रहेको थियो ।
सुनापती गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकाको सह– आयोजनामा भएको प्रतियोगिताको २५ किमिको पुरुषतर्फ मोहन देव जोशी पहिलो, देवराज महतारा दोश्रो र होमलाल श्रेष्ठ तेश्रो भए । यस्तै महिलातर्फ नितु तामाङ पहिलो, राज्यलक्ष्मी रावल दोश्रो र स्विडेनकी लिन्या गोल्सेटर तेस्रो भइन् ।
विजयी खेलाडीहरुले क्रमश ३५ हजार, २० र १० हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस विधामा पुरुषतर्फ न्युजिल्याण्डका एकसहित ६१ जना र महिलातर्फ स्विडेनकी एकसहित २१ जनाको सहभागिता रहेको थियो ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन र सुनापती शैलुङ अल्ट्रा म्याराथन आयोजना तथा ब्यवस्थापनमा भएको प्रतियोगिताको ५ किमि पुरुषतर्फ मिङ्मार सिंगी तामाङ पहिलो प्रताप खड्का दोश्रो र टंक कार्की तेश्रो भए । महिलामा हुमी बुढा मगर पहिलो, अनुषा तामाङ दोश्रो र लक्ष्मी श्रेष्ठ तेश्रो भइन् ।
विजयी खेलाडीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार नगदका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । ५ किमि पुरुषतर्फ ५६ र २६ महिलाको सहभागिता रहेको थियो ।
रामेछापको सुनापती ३, हिलेदेवीबाट सुरु भएको म्याराथन सुनापती गाउँपालिकाको विभिन्न स्थान हुँदै रामेछापको चर्चित देवस्थल खाडाँदेवी मन्दिर, खाडाँदेवी गाँउपालिकाको विभिन्न स्थान र दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न स्थान हुर्दै करिव ३२ सय मिटरको उचाईमा रहेको शैलुङमा पुगेर समाप्त भएको थियो ।
विजयी खेलाडीहरुलाई रामेछाप जिल्लाका सांसद् पूर्णबहादुर तामाङ (कान्छा राम), बागमती प्रदेश सांसद् युवराज चौलागाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सुनापती गाँउपालिकाका प्रमुख ठुलो कान्छा तामाङ, दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख मैनबहादुर मोक्तान, खाँडादेवी गाँउपालिकाका प्रमुख ज्ञान कुमार श्रेष्ठ, रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिनादेवी खड्का कार्की, अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मिरा राई लगायतले पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]