2 years ago
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अल्फाका विशेष बुढामगर र भाईब बक्सिङका सन्जय लामा हेटौडाको कभर्डहलमा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
विशेष र सन्जय मिनिमम वैट ४८ किलो तौल समुहको फाइनलमा प्रवेश गरेका हुन् । विशेषले ललितपुरका प्रकाश कठायतलाई ५ः० को युनानिमस डिसिजनमा तथा सोही तौल समुहमा सन्जयले नक्सालका मानव लामालाई पराजित गर्दै फाईनलमा स्थान बनाएका हुन् ।
त्यसैगरी फ्लाई वैट ५१ किलो तौल समुशमा एबसी सुनसरीका सविन लिम्बुले अछामका राम बहादुर ऐडीलाई ५ः० को युनानिमस डिसिजनका आधारमा र बक्समाण्डुका प्रबल उपे्रेतिले प्यूठानका निराजन चौधरीलाई ५ः० कै अन्तरले पराजित गर्दैै फाइनलमा पुग्न सफल भए ।
बैन्टम वैट ५४ किलो तौल समुहमा दाङका विवेक देवकोटाले रुपन्देहीका अमृत थाडारीलाई ५ः० को युनानिमस डिसिजनमा र सोही तौल समुहमा अल्फाका जीवन महराले नक्सालका पुकार जोशीलाई ५ः० को युनानिमस डिसिजनका आधारमा पराजित गरे ।
फेदर वैट ५७ किलो तौल समुहमा डिजिबक्सका आयुस श्रेष्ठले रेज बक्सिङ क्लबका आयुश श्रेष्ठले दमकका योयल राईलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । सोही तौल समुहमा बक्समाण्डुका आयुश थापाले दमक बक्सिङ्ग क्लबका निर्मल रिजाललाई ४ः१ को अन्तरमा पराजित गरे ।
लाईट वैट ६० किलो तौल समुहमा भाईब बक्सिङ क्लबका निराजन मुक्तान र डिजिबक्स बक्सिङ क्लबका सौरभ राईले फाईनलको विजयी यात्रा तय गरेका छन् । दुवैले समान अन्तर ५ः० मा क्रमशः कैलालीका श्रीजन विके र एबीसी बक्सिङ क्लबका एक्लिस साहीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
६३.५ किलो तौल समुहमा नक्साल बक्सिङ क्लबका प्रज्वल श्रेष्ठले बक्समाण्डु बक्सिङ्ग क्लबकाका निमा शेर्पालाई ४ः१ को स्पिलिट डिसिजनमा पराजित गरे भने सोही तौल समुहमा मकवानपुरका सोहन राईले ललितपुरका विकल्प राईलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।
वैल्टर वैट ६७ किलो तौल समुहमा स्वीट बक्सिङ क्लबका आभास विक्रम साहले कैलालीका शाहिल कर्ण मल्ललाई आर एस सी को आधारमा पराजित गरे भने सोही तौल समुहमा बक्समाण्डुका लाक्पा शेर्पाले कास्कीका निश्चित भट्टचनलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गदैै फाईनलमा प्रवेश गरेका छन् ।
महिला तर्फकाे मिनिमम ४८ किलो तौल समुहमा अछामका निर्मला ऐडीले कास्कीका नायरा मगरलाई दोस्रो राउण्डमा आरएससीको आधारमा रोके भने सोही तौलमा बक्समाण्डुका पूर्णीमा तामाङ्गले दमकका प्रतिक्षा राईलाई ४ः१ को स्पिलिट डिसिजनमा पराजित गरिन ।
लाइट फ्लाइ वैट ५० किलो तौल समुहमा रेज बक्सिङ्ग क्लबका युजेन शर्माले मकवानपुरका रोशनी घलानलाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
फ्लाइ वैट ५२ किलो तौल समुहमा भक्तपुरका भावना भण्डारीले चितवनका तिलमाया सरु मगराई ५ः० को युनानिसम डिसिजनमा पराजित गरे । ५७ किलो तौल समुहमा बक्समाण्डु बक्सिङ्ग क्लबका प्रिति श्रेष्ठले दमकका स्मारिका राईलाई ४ः१ को अन्तरले पराजित गरे ।
महिलातर्फको लाईट वैट ६० केजी तौल समुहमा एबीसी सुनसरीका सन्ध्या राईले चितवनका जस्मिन गुरुङ्गलाई पहिलो राउण्डमै आरएससीको आधारमा रोके । सोही तौल समुहमा भूमी बक्सिङ्ग क्लबका बबिता गोदार क्षेत्रीले उदयपुरका बृसना राईलाई पहिलो राउण्डमै आर एस सी को आधारमा पराजित गरे ।
महिलातर्फको वैल्टर वैट ६६ किलो तौल समुहमा भने रेज बक्सिङ क्लबका शसीना विष्टले बक्समाण्डुका प्रितिसा राईलाई ३ः२ को स्पिलिट डिसिजनमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् । सम्पुर्ण फाईनल शनिबार हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]