2 years ago
March 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका पदाधिकारीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार भेट गरेका छन् ।
भेटका अवसरमा कर्मचारी संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई कर्मचारीको बढुवा, कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधालगायतका विषयमा जानकारी गराएका थिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले कर्मचारी संघले राखेका विषयवस्तु कार्यन्वयन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी र महासचिव कुमार बस्नेतले संघको माग प्रति सदस्य–सचिवले व्यक्त गरेको सकारत्मक धारणाको प्रशंसा गर्दै माग पूरा हुनेमा विश्वस्त रहेको बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]