2 years ago
March 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु आइबा वुमन्स वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् ।
अन्जलीले महिला ५२ केजी तौल समुहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज ग्रासया मेगुईनालाई पराजित गरिन् । त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार ६० केजी तौल समुहमा अस्ट्रोलियाका मुक्रकेवाज स्कानलोन डानियलीसँग सोहीदिन नेपालकी सरस्वती रानाले सर्वियाको खेलाडी गाजिक निकोलिनासँग ७० केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् ।
मार्च १८ तारिखमा नेपालकीे सुष्मा तामाङले ४८ केजी तौल समुहमा विश्वको दोश्रो वरियाताकी खेलाडी बुल्गेरियाकीअसिनोभा सेम्डा युलियानोभासँग प्रतिस्पर्धा हुने भएको छ । त्यसै दिन नेपालकी मिनु गुरुङले ५४ केजी तौल समुहमा थाइल्याण्डका खेलाडी जिपोङ जुतामाससँग खेल्नेछन् ।
मार्च १९ तारिखमा नेपालकी अस्मीता दुवालले ५० केजी तौल समुहमा बोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसो सँग र ५७ केजी तौल समुहमा नेपालकी चन्द्रकला थापाले भेनेजुएलाकी अल्का लाओमिलिपनसँग राउण्ड ३२ को खेल खेल्नेछन् ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]