default_image

2 years ago

March 16, 2023

खो खो टोली भारत जाने

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो एसियाली खो खो च्याम्पियनसिपमा सहभागी हुन २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली खो खो टोली शुक्रबार भारतको आसामस्थित गुवाहटी प्रस्थान गर्ने भएको छ ।

मार्च २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला टोलीले सहभागिता जनाउने छ । पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरलसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट रहेका छन् ।

महिलामा सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी छन् ।

प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.