default_image

2 years ago

March 14, 2023

प्रिन्स श्रीलंकन ओलम्पियन दिनुकासँग पराजित

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका उदियमान एवं विश्व जुनियरमा शीर्ष स्थानमा रहिसकेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल मैत्रीपूर्ण खेलमा श्रीलंकन नम्बर एक तथा ओलम्पियन दिनुका करुणारत्नेसँग पराजित भएका छन्।

मिडलसेक्स ब्याडमिन्टन डोम लन्डनमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा प्रिन्स दिनुकासँग १५–२१ र १३–२१ ले पराजित भए ।

हिमालयन ब्याडमिन्टन क्लब, युकेको निमन्त्रणामा युके भ्रमणका दौरान प्रिन्सले दिनुकासँग मैत्रीपूर्ण खेल खेल्ने मौका पाएका हुन् । बेलायतको सातौं वरियताका दिनुकाले २०२० को टोकियो ओलम्पिक खेलेका थिए ।

युकेको भ्रमणमा रहेका दाहाल र करुणारत्नेबीच भएको खेलको ब्यवस्थापन हिमालयन ब्याडमिन्टन क्लब युकेका अध्यक्ष गंगा थापा गाहा मगर, सचिव निनम्बु बोधी क्रिजा र सहसचिव एमसी. किरात राईले गरेको दाहालका साथमा रहेका प्रिन्सका मामा तथा ब्यवस्थापक कमलेश निरौलाले जानकारी गराए ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.