2 years ago
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रिएट्स प्रालिको आयोजनामा प्याट्रिएट्स कप दोस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सास तथा समूह ‘बी’ पिनाकल, गोल्डेनगेट र प्राइम रहेका छन् । काठमाडौं मोडल कलेज, काठमाडौं युनिभर्सिटी र केएफए समूह ‘सी’ मा छन् भने ओरियन्ट, हेटौडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज समूह ‘डि’ मा छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५–१५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगितामा जम्मा १५ खेल हुनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता निर्देशक सारोन जोशीले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै प्रतिभावन खेलाडीको पहिचान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताइन् ।
सारोनले प्रतियोगिताबाट २ उत्कृष्ट खेलाडी छनोट गरी विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पत्रकार सम्मेलनमा प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए ।
आयोजकका अनुसार प्रतियोगिताका लागि ५० लाख रुपैयाँ खर्च हुनेछ । आठदिने प्रतियोगिताका खेलहरु मूलपानी क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि ब्लु बर्डले जितेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]