2 years ago
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् ।
नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा आइतबार पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई पराजित गरे ।
४५ केजीमुनि एकिकृतका ठगेन्द्र बुढा मगरले वीरगन्जका सागर दास, ५५ केजीमुनि एकिकृतका ईश्वर रोका मगरले एकिकृतकै राजमद बुढा मगर तथा ५५ केजीमाथि वीरगन्जका उमाकान्तले एकिकृतका मनोज पाण्डेलाई हराउदै स्वर्ण जिते ।
बानियाँटारमा भएको प्रतियोगिताको महिला २५ केजीमुनि मनमैजुकी कृशला लामाले मनमैजुकै रोमी चोधरी, ५० केजीमुनि मनमैजुकी कृष्मा लामाले एकिकृतकी श्रृष्टि शाही तथा ५० केजीमाथि मनमैजुकी सोफिला तामाङले मनमैजुकी कृष्ता तामाङलाई पाखा लगाउदै पहिलो बने ।
विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, आयोजक एटेमीका ब्रान्च चिफ प्रदीप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा १ सय ७५ खेलाडी सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा. एटिला गुवासीसहितको ७ सदस्यीय टोली नेपालमा छन् । उक्त टोलीले सेमिनार पनि सञ्चालन गरेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]