default_image

2 years ago

March 12, 2023

कोटेश्वर टिम च्याम्पियन

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

कोटेश्वर ५ स्वर्ण र ३ रजतसहित कुल ८ पदक जितेर आइतबार टिम च्याम्पियन बनेको हो । ५ स्वर्ण र १ रजत हात जितेकाे मूलपानी दाेस्राे भयाे । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण र ३ रजत प्राप्त ग¥यो ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोल उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मूलपानीका आयुश ढुंगेल तथा महिलामा कोटेश्वरकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत आयोजकले सम्मान गरिएको छ । दुईदिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.