default_image

2 years ago

March 12, 2023

विनेश र संयोग फाइनलमा

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, ११–४ र ११–४ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र रविना महर्जन उपाधिका लागि भिड्ने भएका छन् ।

प्रहरीकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ११–५, ११–७, ११–३ र ११–३ तथा सौभाग्य ज्वेलर्सकी रविनाले प्रहरीकी मन्जु सुवाललाई ११–९, ११–७, ५–११, ११–७ र ११–७ को सेटमा हराइन् ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखाका चन्दन पहिलो भए । उनले फाइनलमा गोड स्पिन टेबलटेनिस क्लबका मुकेश महर्जनलाई ११–६, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे ।

गोड स्पिनका राजिप महर्जन र खोल्चापुकुका सुशिल बज्राचार्य तेश्रो भए । व्हीलचेयरको पुरुष सिंगल्समा अर्पण चुनाराले फाइनलमा बरुण मगरलाई सीधा सेटमा ११–८, ११–३ र ११–५ ले पाखा लगाउदै पहिलो भए ।

उक्त स्पर्धाको महिलामा लाली तामाङले शीर्ष स्थान हात पारिन् । लालीले पेमा छोक्पालाई ११–५, ११–८ र ११–८ को सोझो सेटमा पन्छाइन् । स्टेन्डिङको पुरुष सिंगल्समा विवेक राईले शिव थापालाई ११–२, ११–४ र ११–५ ले पराजित गर्दै पहिलो भए ।

सोही स्पर्धाको महिलामा पूजा सोतीले फाइनलमा अनु थापालाई ११–७, ११–५ र ११–९ ले हराउदै पहिलो स्थानमा रहिन् । पुरुष खुला टिम इभेन्टमा प्रहरीले फाइनलमा एभीएमलाई ३–० ले पाखा लगाउदै पहिलो बन्यो । कान्तिपुर भ्याली पिङपोङ क्लब र एपीएफ क्लब तेश्रो बने । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.