default_image

2 years ago

March 11, 2023

प्रशान्त र प्रगतिलाई स्वर्ण

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

शनिबार भएको पुरुष २८ केजीमुनिको फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधी सदनकी सन्ध्या तामाङलाई हराइन् ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा जोरपाटीस्थित इस्टपोलमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नव मन्जुश्रीका सन्जिव जिरेल तथा ३६ केजीमुनि कोटेश्वरका इमोन राणा पहिलो भए ।

महिला ३० केजीमुनि नव मन्जुश्रीकी सिस्तोला कुइकेल, ३४ केजीमुनि कोटेश्वरकी सुरक्षा केसी, ४२ केजीमुनि फेरिल्यान्डकी अपेक्षा ढुंगाना, ४६ केजीमुनि गोकर्णेश्वरकी सुमिना तामाङ र ४९ केजीमुनि नव मन्जुश्रीकी सुष्मा राईले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसेले एक कार्यक्रमबीच उद्घाटन गर्दै गोकर्णेश्वरको खेलकुदको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीले शाहसिक प्रस्तुती गर्ने क्रममा आफ्नो पेटमा १ सय ५० केजीको ढुंगा राखि फुटाउन लगाएका थिए । दुईदिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.