2 years ago
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।
काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको फाइनलमा विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७–११, ११–५, ११–८, ६–११ र १५–१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र गोल्डेनगेटका सुदन गडाल तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा मियाकीले फाइनलमा उदयमोहन श्रेष्ठलाई ११–६, १२–१० र १४–१२ को सोझो सेटमा हराउदै स्वर्ण जिते । मदन आचार्य र बलराम सापकोटा तेश्रो बने ।
भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र वज्राचार्य पहिलो भए । उनले फाइनलमा निशान प्रधानको चुनौती ११–६, ११–८ र ११–८ को सोझो सेटमा पन्छाए । किरणमुनि वज्राचार्य र नदिमरत्न शाक्य तेश्रो स्थानमा रहे ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्स फाइनलमा इन्दिरा पौडेल पराजुलीले सम्झना पोखरेललाई सीधा सेटमा ११–७, ११–३ र ११–९ ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]