2 years ago
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमाल अधिकारी र विमला कार्कीले स्वस्तिश्री गुरुकुल आईवी वल्र्ड स्कुलले आयोजना गरेको ‘रन फर नेसनलपिस’ रोड रेसको उपाधि जितेका छन् ।
प्रतियोगितामा १६ वर्ष मुनिको छात्र र छात्राको दुई समुह गरी प्रतिस्पर्धा गराइएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरमा प्रतिस्पर्धा भएको थियो ।
छात्रतर्फ हिमाल अधिकारी पहिलो भए । दिपेन्द्र बोहोरा दोस्रो भए । सनम शेर्पा तेस्रो भए । बादल कार्की, हस्त सुनार, चक्का रोकाय, रोहित बोटे, गौतम राई, सुजल स्याङ्तान र रोशन श्रेष्ठ क्रमशः चौथो देखि १०औं भए ।
छात्रा ३ किमीतर्फ विमला कार्की पहिलो, डोमा बुढा दोस्रो तथा ओहाना कार्की तेस्रो भइन् । अनुसिया तण्डुकार, आइस्मा आचार्य, अस्मिता थापा, आयुशा राई, भावना नाथ, मनिता लामा र मीना घर्ती मगर क्रमशः चौथो देखि १०औं भइन् ।
छात्र–छात्र दुवैतर्फको पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले ५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
विजयी खेलाडीलाई बैकुण्ठ मानन्धर, बाग्मती प्रदेशका सांसद् तथा स्कुलका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकार, विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकार, नागार्जुन नगरपालिका वडा नं.२ का वडा अध्यक्ष थुमराज केसी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, प्याव्सनका अध्यक्ष डिके ढुंगाना, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, विद्यालयकी प्रिन्सिपल नेहा केसी, वुद्धवीर लामा, विद्यालयका फुटवल एम्बासडर अनिल गुरुङलगायतले पुरस्कृत गरे ।
कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घान गरेको रोड रेसमा विभिन्न स्कुलका करिव २ सय ४६ जना छात्र र छात्राले सहभागिता जनाएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]