2 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दरबार हाई स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा स्वर्ण जितेका छन् ।
शंकर ब्वाइज तथा योङगी गल्र्समा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र ११–७ को सेटमा पराजित गरे । श्रीजना ज्ञान सागरका सन्तोष थापा र मोर्डन इन्डियन स्कुल (एमआईएस) का विशाल थापा तेश्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा योङगीले न्यु सुम्निमाकी अंकिता वज्राचार्यलाई ११–५, ६–११, ११–६ र ११–५ को सेटमा हराइन् । एपेक्स लाइफकी विद्विसा मैनाली र श्रीजना ज्ञान सागरकी विपिन थापा तेश्रो बने ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा श्रीजना ज्ञान सागरले फाइनलमा ह्वाइटफिल्डलाई ३–० को सोझो सेटमा पाखा लगाउदै पहिलो स्थान कब्जा ग¥यो । त्रियोग र एपेकस लाइफ तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको गल्र्समा प्रभात पहिलो भयो । प्रभातले फाइनलमा श्रीजना ज्ञान सागरलाई सीधा सेटमा ३–० ले पन्छायो ।
यु–१० गल्र्स सिंगल्समा प्राइम ग्लोबलकी प्राज्ना महर्जनले स्वर्ण चुमिन् । प्राज्नाले फाइनलमा प्रभातकी उरवी सुवामाथि ३–२ को जित रचिन् । त्यसै स्पर्धाको ब्वाइज फाइनलमा इडेन गार्डेनका रिजन शाक्यले श्रीजना सागरका प्रसिद्ध श्रेष्ठलाई ३–० ले निराश पारे ।
यु–१२ गल्र्स सिंगल्समा सेन्ट मेरिजकी सुरण्या शाक्या विजेता बनिन् । सुरण्याले फाइनलमा प्रभातकी सफिना कोजुलाई ३–० ले पराजित गरिन् । सोही स्पर्धाको ब्वाइज फाइनलमा एभरेष्टका आर्यन शाहीले बसाराका वचन विष्टलाई ३–० ले हराउदै शीर्ष स्थान हात पारे ।
यु–१४ सिंगल्सको गल्र्समा युलेन्सकी शुभश्री श्रेष्ठ र ब्वाइजमा वृहस्पति विद्या सदनका सार्थक मानन्धर च्याम्पियन बने । शुभश्रीले ग्लोरियाकी महिमा महतालाई ३–० तथा सार्थकले आदर्श विद्या मन्दिर (एभीएम) का जयेश्नु महर्जनलाई ३–१ ले फाइनलमा हराए ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा दिइएको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्ग भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । करिब ३ सय खेलाडी सहभागी छन् ।
पुरुष-महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार पाउने छन् । अन्य स्पर्धामा नगद पुरस्कार राखिएको छैन । प्रतियोगिता फागुन २९ गतेसम्म चल्ने छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]