2 years ago
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियनत्रय सरादेवी तामाङ, रत्नजित तामाङ र नङ्सल देवी तामाङका बुवा दान बहादुर तामाङ र आमा मायादेवी मोक्तानलाई स्पेशल अवार्ड प्रदान गरिएकाे छ ।
मञ्चले १९औं बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको स्पेशल अवार्डबाट नेपाली खेलकुदमा अविभावकको भुमिकाबाट नेपाली खेलकुदमा दिएको योगदानको कदर गर्दै दान बहादुर र मायादेवीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो । स्पेशल अवार्डसँगै उनीहरुले नगद ५० हजार प्राप्त गरे ।
यि तीन तामाङ दिदी भाईले झन्डै एक दशक नेपाली ब्याडमिन्टनमा एकछत्र राज गर्दै नेपाली ब्याडमिन्टनमा प्रभुत्व जमाउन सफल भएका थिए ।
भोजपुरका दानबहादुरले आफैले खेल मैदान बनाएर आफैले प्रशिक्षण दिए र छोराछोरीलाई नेपालका चर्चित च्याम्पियन बनाएका थिए । त्यतिमात्र होइन भोजपुरलाई नै ब्याडमिन्टन खेलाडि उत्पादन हुने ठाँउको रुपमा नै परिचित गराएका थिए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]