2 years ago
March 7, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधा जितेकी छिन् ।
उनले फुलटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले भोट मार्फत उक्त अवार्ड जितेकी हुन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उषा विजेता भएकी हुन् ।
उषाले ३८.०३२२ मत प्राप्त गर्दै अवार्ड जितेकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी फुटबलका अन्जन विष्टले ३१.१४०३ मत प्राप्त गरिन् । क्रिकेटका आसिफ शेखले १४.९९७ मत, लन टेसिनकी अभिलाषा विष्टले ८.३२६७ र पौडीकी डुआना लामाले ७.५०३ मत प्राप्त गरिन् ।
उषा नेपालले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट महिला टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता उनी महिला टोलीको महत्वपूर्ण सदस्य छिन् ।
नेपालले दोस्रोपटक सेन्ट्रल जोनको उपाधि जित्दा टोलीकी सदस्य छिन् । घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्ने उषाकै उच्च प्रदर्शनमा पुलिसले विभिन्न उपाधि जित्न सफल भएको छ ।
पिपल्स च्वाइस अवार्डको हालसम्मको विजेता
२०६५– मञ्जु गुरुङ (भलिबल)
२०६६– सन्तोष साहुखल (फुटबल)
२०६७– सिपोरा गुरुङ (भलिबल)
२०६८– रमिला तण्डुकार (भलिबल)
२०६९– झरना गुरुङ (उसु)
२०७०– सरस्वती चौधरी (भलिबल)
२०७२– नविता श्रेष्ठ (टेबल टेनिस)
२०७३– कान्छीमाया कोजु (एथलेटिक्स)
२०७४– स्यान्टु श्रेष्ठ (टेबल टेनिस)
२०७५– रेश्मा भण्डारी (भलिबल)
२०७६– अरुणा शाही (भलिबल)
२०७७– एलिना महर्जन (टेबल टेनिस)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।