default_image

2 years ago

March 7, 2023

अलमुताइरी वर्ष उत्कृष्ट प्रशिक्षक

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिश प्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे ।

अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो ।

माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए ।

अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्री शृङ्खलामा जित निकाल्न सफल भएको थियो । यो नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रमाथि दुई जित निकालेको पहिलो अवसर थियो ।

December 28, 2024

स्युचाटार क्रिकेट लिग – किंग्स र ग्रेट हिमालयको लगातार जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिन शनिवार ७ खेल‌ भएका छन् । आज नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा समुह ए अन्तर्गत नवज्योति युथ परिवारले दोस्रो जित […]

December 25, 2024

२८ बजार मेलामा पुरुष र महिला भलिबल हुने

तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

Success

Thank you for your time.