2 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ ।
मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, अमृत तामाङ, रामकुमार जिसी र प्रेमप्रसाद नेपालले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा रामकुमार थारु र सिताराम लामा, व्यवस्थापकमा सुदर्शन थापा, निर्णायकमा साइला गमाल तथा अफिसियलमा कृष्णकुमार राई, राकेश शाक्य, भीमप्रकाश मल्ल, अनिता आङडेम्बे, रिना लिम्बू र विधानकुमार श्रेष्ठ रहेका छन् ।
२४ मध्ये ७ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]