2 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले टाइमलाइनलाई ६–० गोलले सहजै पराजित ग¥यो । लोयल्टीका साहिल राईले २ तथा शितल तामाङ, बसन्त राउत, अश्विन थापा र येसुब खनालले १–१ गोल गरे । टाइमलाइनका श्रृजन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
विद्या संस्कार, लिटिल एन्जल्स र त्रिज्योति पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । विद्या संस्कारले काष्ठमण्डपलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । विद्या संस्कारका दन्चित थापा ‘म्यान अफ द म्याच’ चुनिए ।
लिटिल एन्जल्सले ज्ञानोदयलाई सडन डेथमा ६–५ ले पाखा लगायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । ज्ञानोदयका उमंग डंगोल ‘म्यान अफ द म्याच’ बने । त्रिज्योतिले काठमाडौं भ्यालीमाथि ७–१ को सहज जित दर्ता ग¥यो । त्रिज्योतिका आयुश बस्नेत र जेनिथ सुवेदीले ह्याट्रिक गरे । नवाङ फिन्जु लामाले १ गोल थपे ।
काठमाडौं भ्यालीका ओसिसजंग केसीले सान्त्वना गोल गरे । ओसिस नै ‘म्यान अफ द म्याच’ भए । सेमिफाइनलमा लिटिल एन्जल्सको भेट ज्ञानोदयसंग हुनेछ भने लोयल्टीले त्रिज्योतिको सामना गर्ने छ । सेमिफाइनल बिहीबार हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]