2 years ago
February 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पिस प्वाइन्टले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सानोगौचरनमा मंगलबार भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विशेष थिङ र राहुल लामाले समान २ तथा सम्राट बस्नेतले १ गोल गरे ।
उपाधिसंगै पिस प्वाइन्टले ४० हजार नगद पुरस्कार हात पा¥यो भने सिद्धार्थ बनस्थलीले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।
छाहरीले नेपाल तारालाई टाइब्रेकरमा ३–२ गोलले हराउदै तेश्रो भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । छहारीका राजेश तामाङ ‘म्यान अफ द म्याच’ बने । छहारीले १० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
पिस प्वाइन्टका राहुल लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेको नेपाल ताराका भुवन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । सविन सिलवाल उत्कृष्ट गोलरक्षक, नयेश राई उत्कृष्ट डिफेन्डर र सुरजजंग थापा उत्कृष्ट प्रशिक्षक चुनिए ।उत्कृष्टत्रय पिस प्वाइन्टका हुन् ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १० गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]