default_image

2 years ago

February 28, 2023

लोयल्टी क्वाटरफाइनलमा

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी ‘ए’ ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टी समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

मण्डिखटारस्थित घरेलु मैदानमा मंगलबार भएको खेलमा लोयल्टीले विद्या संस्कारलाई ३–१ गोलले पराजित ग¥यो । अर्को खेलमा लोयल्टीले नेक्ससलाई ४–० गोलले हरायो । विद्या संस्कारले नेक्ससलाई ४–२ गोलले हराउदै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो ।

समूह ‘बी’ बाट काष्ठमण्डप विजेता र टाइमलाइन उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे । काष्ठमण्डपले चाँदबागलाई २–० तथा टाइमलाइनलाई ३–१ गोलले पाखा लगायो । टाइमलाइनले चाँदबागमाथि ३–२ को जित दर्ता ग¥यो ।

क्वाटरफाइनलमा काष्ठमण्डपको भेट विद्या संस्कारसँग हुनेछ । टाइमलाइनले लोयल्टी ‘ए’ विरुद्ध खेल्नेछ । अन्य क्वाटरफाइनल ज्ञानोदय र लिटिल एन्जल्स तथा त्रिज्योति र काठमाडौं भ्यालीबीच हुनेछ । चारै क्वाटरफाइनल बुधबार हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.