2 years ago
February 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सीसीआरसी र जेभियरले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको उपाधि जितेका छन् ।
सीसीआरसी ब्वाइज तथा जेभियर गल्समा च्याम्पियन बनेको हो । सीसीआरसीले हिमालयन ह्वाइटहाउसलाई ६१–४६ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । सीसीआरसीका समिप खत्रीले ३२ अंक जोडे ।
गल्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४–१७ ले हरायो । जेभियरकी श्रृष्टि राईले १० अंक जोडिन् ।
ब्वाइजमा सीसीआरसी समिप र गल्र्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेश सिलवाल, हिसानका केन्द्रीय सह–कोषाध्यक्ष नरेन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
बास्केटबलको प्रतिस्पर्धासंगै खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताहमा बास्केटबलसहित भलिबल, फुटसल र टग अफ वारमा प्रतिस्पर्धा भएको थियो ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]