2 years ago
February 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानोदय र त्रिज्योति ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ बाट त्रिज्योति विजेता र ज्ञानोदय उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । मण्डिखटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा त्रिज्योतिले लोयल्टी ‘बी’ लाई ४–० गोलले पराजित गर्यो। ज्ञानोदयसंग १–१ को बराबरी खेल्यो । ज्ञानोदयले लोयल्टी ‘बी’ लाई २–१ गोलले पन्छायो ।
समूह ‘सी’ बाट लिटिल एन्जल्स विजेता तथा काठमाडौं भ्याली उपविजेता बन्दै क्वाटरफाइनलमा पुगे । लिटिल एन्जल्सले काठमाडौं भ्यालीलाई ११–० तथा रिलायन्सलाई ७–१ गोलले पाखा लगायो । काठमाडौं भ्यालीले रिलायन्सलाई ४–२ गोलले पराजित गर्यो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा आयोजकको २ सहित १२ टिम सहभागी छन् । फाइनल फागुन १९ गते हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]