default_image

2 years ago

February 27, 2023

भारतलाई हराउँदै नेपाल विश्व फुटभलीको क्वाटरफाइनलमा

329 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली भारतलाई पराजित गर्दै नेपाल २५औ विश्व फुटभली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भारतको केरलामा वेष्ट अफ थ्रि को सेटमा भएको खेलमा पहिलो सेट नेपालमा १५–९ ले विजयी भएको थियो । दोस्रो सेट १४–१६ ले सेट गुमाएको नेपालले तेस्रो सेटमा १६–१० को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो ।

९ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ । खेलाडीको साथमा फुटभली सघ भारतको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी रहेका छन् ।

उनलाई केराला कर्पोरेशसनका प्रमुख मेयर डा.विना फिलिपले स्वागत गरेकी थिइन् । प्रशिक्षक राजुुविक्रम थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको हेड अफ डेलिगशनका रुपमा मनिष जोशी रहेका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.